पैसा सापटी माग्दा नदिएपछि खुर्पाले हानेर महिलाको हत्या
काठमाण्डौं– पैसा सापटी माग्दा नदिएको रिसमा लमजुङमा एक ब्यक्तिले खुर्पाले हानेर ६२ वर्षीया महिलाको हत्या गरेको खुलेको छ।
बुधबार विहान बेसीशहर नगरपालिका–११ चितिस्थित तिवारीडाँडा स्थित आफनै घरमा मृत अवस्थामा फेला परेकी वृद्धा सानुनानी घर्तीको हत्या प्रकरण अनुशन्धानका क्रममा प्रहरीले यस्तो तथ्य फेला पारेको हो।
सानुनानीको हत्या आरोपमा प्रहरीले सोही वडास्थित बजारखुट्टाका ४७ बर्षीय सुके (सुग्गरे सार्की) लाई पक्राउ गरेको छ। सानुनानी र सुग्गरेको घर हिडेर करिव २५÷३० मिनेटको दुरीमा छ। प्रहरीका अनुसार मंगलबार राती करिव साढे ८ बजे सुग्गरेले सानुनानीसँग ५० हजार रुपैँया सापटी मागेका थिए। तर, उनले पैसा नदिएपछि खुर्पाले हानेर हत्या गरेको खुलेको छ।
महिलाको टाउको र गालाको भागमा खुर्पाले हानेको चोट छ। सुग्गरेले घटनाका बेला मादक पदार्थ सेवन गरेको अनुशन्धानमा देखिएको छ। सानुनानी आफू बिरामी रहेको र बुधबार बिहानै काठमाडौं जानुपर्ने भएकाले उदिपुरसम्म छोड्न भनी मंगलबार साँझ जिप चालकलाई फोन गरेकी थिइन्।
बुधबार विहान जिप चालकले फोन गर्दा नउठेपछि हेर्न जाँदा रगताम्य अवस्थामा वृद्धाको शव फेला परेको थियो। त्यसपछि प्रहरीले अनुशन्धान सुरु गरेको थियो। अनुशन्धानका क्रममा सुग्गरे पक्राउ परेका हुन। वृद्धामाथि खुर्पा प्रहार गरी उनी आफ्नै घर गएर सुतेका थिए।
बुधबार बिहान उठेर हिँडेका उनलाई हिँडिरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनी सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीबाट बुधबार दिउँसो पक्राउ परेका हुन। सुग्गरेको घरबाट प्रहरीले बुद्धालाई प्रहार गरेको खुर्पा समेत बरामद गरेको छ।
प्रहरीका अनुसार मृतक सानुनानीका छोरा कोरियामा छन्। बुहारी र नातिनी काठमाण्डौंमा बस्छन्। सुग्गरेका ३ छोरा र श्रीमती छन्।
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

