बझाङमा पहिरोमा परेर २ बालबालिकासहित एकै परिवारका चार जनाको मृत्यु, ६ जना घाईते

काठमाण्डौं– बझाङको बुंगल नगरपालिका–१०, टुमेडामा गएराती पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। रातीदेखि नै वेपत्ता भएका उनहरुको शव फेला परेको छ।
पहिरोमा पुरिएर मृत ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी छन्। उनीहरूको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको टोलीले निकालेको हो।
प्रहरीकाअनुसार राति करीब साढे १ बजे वीरबहादुर धामीको घरमाथि बाट एक्कासी पहिरो खसेको थियो। पहिरो गएको थाहा पाएपछि ६२ धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल भए। स्थानीय १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी, १० वर्षीय रोशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशी भागेर बाँचेको प्रहरीले जनाएको छ।
घाइते भएका उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ।
प्रतिक्रिया