भारतको औषधी कारखानामा विस्फोट हुँदा १६ जनाको मृत्यु

काठमाण्डौं– भारतको एउटा औषधी कारखानामा बुधबार रिएक्टर विस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ।

आन्ध्र प्रदेशस्थित अनकापल्ले जिल्लाको एसईजेड क्षेत्रमा रहेको औषधी कारखानामा आगलागी भएको हो। विष्फोटमा एसेन्सिया एडभान्स साइन्स प्रालिको भवनको एक भाग ध्वस्त भएको छ।

आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याणले शोक सन्देश जारी गरेका छन्। यस दुर्घटनामा ठूलो संख्यामा मानिसहरू घाइते समेत भएका छन्। दुर्घटनाको अवस्था हेर्दा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट