हेटौंडाकी एलिसा न्यौपानेको हत्या उनकै पतिले गरेको खुलासा, अभियुक्त समिर खान फरार

काठमाण्डौं– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा १० भदौमा मृत भेटिएकी २३ वर्षीया एलिसा न्यौपानेको उनकै पति समिर खानले हत्या गरेको खुलेको छ। तर, प्रहरीले यसलाई पुष्टि गरिसकेको छैन।

हेटौंडा–११ थानाभर्‍याङकी एलिसाको शव १० भदौमा होटलको कोठा नम्बर २०५ मा फेला परेको थियो। प्रहरीले हत्यामा संलग्नको पहिचान भईसकेको वताएको छ। तर, नाम वताएको छैन। घट्ना अनुशन्धानकै क्रममा रहेको र संलग्न ब्यक्ति फरार रहेकाले परिचय खुलाउन नमिल्ने मकवानपुर प्रहरीका डीएसपी लक्ष्मी भण्डारीले बताए।

एलिसाको परिवारले भने हेटौंडा–४, कमलडाँडाका समीर खानले हत्या गरेको आरोप लगाएको छ। उनी अहिले फरार छन्। एलिसा र समीर करिव १० वर्षदेखि श्रीमान/श्रीमती भएर वसेका थिए। एलिसा करिव १५ वर्षकी हुँदा उनीहरुले भागेर विवाह गरेको एलिसाका आफन्तले बताएका छन्। जानकारी अनुसार समिरकी अर्की श्रीमती र बालवच्चा समेत छन्। तर, विवाह गर्नुअघि एलिसालाई यो कुरा जानकारीमा थिएन। पछि सवै कुरा खुलेपछि समिरले एलिसालाई घरमै राखेका थिए।

सुरुआती दिनमा दुवै श्रीमती र परिवार मिलेर बसेपनि पछि सम्बन्ध बिग्रिएको थियो। त्यसपछि एलिसा र समीर काठमाडौं गए। पछि एलिसा वैदेशिक रोजगारीका लागि दुवई गईन भने समिर मेनपावर कम्पनीमा एजेन्टको रुपमा काम गर्थे। एलिसा ९ भदौमा मात्रै काठमाण्डौंबाट हेटौंडा फर्किएकी थिईन।

त्यसदिन उनीहरु होटलमा वसेका थिए। होटलमा उनीहरुको झगडा भएको र त्यही क्रममा समिरले एलिसाको हत्या गरेको खुलेको छ। एलिसाको मृत्यु भएपछि समिर फरार भएका थिए। पछि उनले एलिसाका भाईसँग ह्वाट्सएपमा कुरा गरेर अन्जानमै घट्ना भएको वताएको खुलेको छ। उनीहरुको १७ भदौसम्म कुराकानी भएको खुलेको छ।

पारिवारीक स्रोतका अनुसार एलिसाका बुबाको मृत्यु भईसकेको छ भने आमाले दोस्रो विवाह गरेकी थिईन। एलिसा र उनका भाईलाई भिनाजु गणेशबहादुर खत्रीले पालन पोषण गरेका थिए। प्रहरीले समिरकी आमा र श्रीमतीसँग सोधपुछ गरेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट