एक युवकसँग होटलमा बस्न गएकी युवतीको वियरको वोतलले हानेर हत्या, युवक फरार

हेटौंडा — मकवानपुरको हेटौंडा स्थित एक होटलमा वियरको वोतलले टाउकोमा हिर्काएर ३० वर्षीय युवतीको हत्या गरिएको छ।
हेटौंडा उमपहानगरपालिका–१० बसपार्कस्थित रत्ना होटल हेटौंडा उपमहानगरपालिका–११, सरस्वती टोलकी एलिसा न्यौपानेको हत्या भएको हो। प्रहरीका अनुसार न्यौपाने आइतबार दिउँसो करिव ४ बजे एक युवकसहित होटलमा पुगेकी थिईन।
सोमबार बिहान अबेरसम्म पनि कोठा नखुलेपछि होटल मालिकले प्रहरी र वडाध्यक्षलाई बोलाएका थिए। त्यसपछि कोठा खोलेर हेर्दा न्यौपाने मृत फेला परेकी थिईन। उनको शव होटलको कोठा नम्बर २०५ मा रगताम्मे अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।
न्यौपानेसँग होटलमा गएका भनिएका युवकको पहिचान खुलेको छैन। होटलमा युवकले आफ्नो नाम र मोबाइल नम्बर गलत लेखाएको देखिएको छ। उनी बेलुका ८ बजेतिर नै कोठाबाट भागेका थिए।
तीनै युवकले महिलालाई २ वटा बियरका बोतलसहित धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुशन्धानमा देखिएको छ।