मुख्यसचिव नवनाएको झोंकमा अवकाशको १० दिन अघि राजिनामा दिएर हिंडे सचिव ज्ञवाली!

काठमाण्डौं– एक नम्वर वरियतामा भएर पनि मुख्यसचिव हुन नपाएको झोंकमा राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले र अवकासको १० दिनअघि राजीना दिएर हिडेका छन्।
सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियतामा एक नम्बरमा रहेका ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राजिनामा बुझाएका हुन। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत पनि गरेको छ। उनी २२ भदौमा अवकाशमा जाँदै थिए।
मंगलबार राति प्रधानमन्त्री केपी शर्मा ओलीलेले तत्कालीन गृह सचिव एकनारायण अर्याललाई बोलाएर मुख्यसचिवका लागि तयार रहन भनेका थिए। यो सन्देश बुधबार ज्ञवालीले थाहा पाए। सरकारले अर्याललाई मुख्यसचिव बनाउन लागेको र आफु सम्भावित सूचीमै नपरेपछि बुझेपछि उनले राजिनामा दिएको जनाईएको छ।
बिहीबारकै मन्त्रिपरिषद बैठकले ज्ञवालीको राजीनामा स्वीकृत गर्दै एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो। गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए।
राष्ट्रिय योजना आयोगका सचिव ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा थिए।