सप्तरीमा सिटी रिक्सा र मोटरसाईकल ठोक्किँदा एक युवकको मृत्यु, युवतीको उपचार हुँदै

राजविराज– सप्तरीमा सिटी रिक्सा र मोटरसाईकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाईकल चालक हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहका २१ वर्षीय लक्ष्मण पैकराको मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१, कोशी बाँधमा पुर्व जाँदै गरेको बा २६ प ६४०१ नम्बरको मोटरसाइकललाई विपरीत दिशामा जाँदै गरेको प्र–१०२–००३ ह ३५२१ नम्बरको सिटी रिक्साले ठक्कर दिएको थियो।

शुक्रबार भएको दुर्घटनामा मोटरसाईकल चालक पैकरा र पछाडि बसेकी कञ्चनरुप नगरपालिका–७ की करिव २० वर्षीया काजल भन्ने चन्दा मेहता घाईते भएका थिए। उनीहरुलाई उपचारका लागि सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो।

उपचारकै क्रममा पैकराको मृत्यु भएको र चन्दाको उपचार भइरहेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ। दुर्घटनामा सिटी चालक सुनसरीको कोशी गाउँपालिका–८ का २० वर्षीय संतोष कामैत पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट