काठमाडौँबाट घर हिँडेका यात्रु बोकेको बस उदयपुरमा दुर्घटना

राजविराज– काठमाडौँबाट धरान जादै गरको बस बुधबार साँझ उदयपुरमा दुर्घटना हुँदा करिव १ दर्जन यात्रु घाईते भएका छन्। २ जनाको अवस्था गम्भिर छ।

बाग्मती प्रदेश ०३–००१ ख २८२७ नम्वरको बस बेलका नगरपालिका–६, शान्तिचौक नजिकै दुर्घटना भएको हो। बस सडकबाट करिव ३० फिट तल खसेको प्रहरीले जनाएको छ।

बसमा चालकसहित ३४ जना रहेको खुलेको छ। घाईतेको बेलका नगर अस्पतालमा उपचार भएको छ। कतिपय यात्रु सामान्य उपचार पछि घर गएको र गम्भिर अवस्थाका ४ जनालाई थप उपचारका लागि धरान स्थित विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईको प्रहरीले जनाएको छ।

घाईते मध्ये २ जना गम्भिर रहेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। बस दुर्घटनाको कारण खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट