बाराको सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृत साह ८० हजार घूससहित पक्राउ

जनकपुर– बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह ८० हजार घूससहित पक्राउ परेका परेका छन्।
सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाले साहलाई कलैया उपमहानगरपालिका–४ बाट पक्राउ गरेको हो।
बिल भुक्तानीको रकम दिएबापत सेवाग्राहीसँग घूस लिँदै गर्दा साहलाई पक्राउ गरिएको आयोगको हेटौंडा कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले वताए।
प्रतिक्रिया