अरिंगालले चिलेर दिदी–भाइको मृत्यु, नाबालिकासहित ३ जना घाईते
काठमाडौँ– बझाङमा अरिंगालले चिलेर शनिवार एकै परिवारका दिदी–भाइको मृत्यु भएको छ। एक बालिकासहित ३ जना घाईते छन्।
थलारा गाउँपालिका –२, डोरगाउँका सिया खाती (५) र उनका भाई सुरबिर खाती (३) को मृत्यु भएको हो। सुमी खाती (७), उनीहरूका आमा डम्मरा खाती र हजुरआमा (५८) घाइते भएका छन्। उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको बझाङ प्रहरीले जनाएको छ।
शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा अरिंगाल विच्किएर उनीहरूलाई चिलेको थियो। उपचारका क्रममा २ बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी युवराज भण्डारीले जानकारी दिए।
प्रतिक्रिया