कालिकोटमा २० जना यात्रु बोकेका बोलेरो दुर्घटना, १० जनाको मृत्यु

काठमाडौँ– कालीकोटमा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। २० जना सवार बोलेरोका अन्य १० जना यात्रु घाइते भएका छन् ।

कालिकोटको पलाता गाउँपालिका–३, राडुकाप्रे खोलाको बिचमा गाडीमा दुर्घटना भएको प्रहरीले जनाएको छ। १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका सीडीओ नारायण प्रसाद भट्टराईले जानकारी दिए।

बाँकी १० जना घाइते भएको र उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान गएको उनले वताए। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट