कोठामा कोईला बालेर सुत्दा निसासिएर आमाछोराको मृत्यु, ९ वर्षीया छोरीको अवस्था चिन्ताजनक
काठमाडौँ– सुर्खेतको वीरेन्द्रनगरमा कोठाभित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ भने छोरी गम्भिर अवस्थामा छिन्।
वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानको समावेशी टोलमा कोइला बालेर सुतेका ३१ वर्षीया देवीसरा थापा घर्ती र उनका ६ वर्षीय छोरा रियान घर्तीको निसासिएर मृत्यु भएको हो। देवीसराकी ९ वर्षीय छोरी रियाको गम्भीर अवस्थामा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भईरहेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार बन्द कोठामा कोइला बालेर तीन जना सुतेको खुलेको छ। बिहान अवेरसम्म नउठेपछि करिव ९ बजे छिमेकीले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले कोठा खोलेर हेर्दा तसलामा कोइला बलिरहेको अवस्थामा फेला पारेको थियो। अचेत अवस्थामा फेला परेका तीनै जनालाई प्रहरीले उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेत पु¥याएको थियो। उपचारका क्रममा करिव साढे १० बजे आमा–छोराको मृत्यु भएको र रियाको सोही अस्पतालमा उपचार भइरहेको डीएसपी विश्वकर्माले बताए।
उनका अनुसार रियाको अवस्था पनि गम्भीर छ। कोठामा कोइला बाल्दा कार्बनमोनोअक्साइड ग्यास भरिएको र अक्सिजनको मात्रा कम भएकाले निसास्सिएर २ जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार देवीसराका श्रीमान वैदेशीक रोजगारीका लागि दुवईमा छन्।


Negligence causes accident. Wish it be known to all
Negligence causes accident. Wish it be known to all