आगो तापिरहेको ठाउँमा गैँडाको आक्रमण, २ महिला घाईते

चितवन– पूर्वी चितवनमा मंगलबार बिहान आगो तापेर वसेका ठाउँमा गैँडाले आक्रमण गर्दा दुई महिला घाइते भएका छन्।

गैँडाको आक्रमणबाट खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन्। बिहान करिव साढे ६ बजे घरमै आगो तापिरहेका बेला उनीहरूलाई गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार घाइते दुवै महिलाको भरतपुर अस्पतालमा उपचार भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट