दाजु भारत गएको मौका पारी भाउजु माथि बलात्कार, श्रीमती गर्भवती भएको थाहा पाएपछि फर्किए श्रीमान
बैतडी– बैतडीमा भाउजुलाई बलात्कार गरी गर्भवती बनाएर ६ महिनादेखि देवर फरार भएका छन्।
सिगास गाउँपालिकाकी नातामा भाउजु पर्ने २४ वर्षीया एक महिलामाथि बलात्कार गरेर स्थानीय करिव २६ वर्षीय अर्जुनसिंह धामी फरार भएका हुन। उनले गत १७ असारको राती ति महिलालाई बलात्कार गरेको खुलेको छ।
सोही घट्नापछि अजुर्नसिंह फरार छन्। पीडित महिलाले केही दिन अघिमात्रै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दर्ता गराएपछि घटना बाहिर आएको हो। पीडित महिलाको पेटमा ६ महिनाको गर्भसमेत रहेको खुलेको छ।
महिलालाई अहिले पाटनस्थित महिला सुरक्षित आवास गृहको संरक्षणमा राखिएको छ। महिलाका श्रीमान् रोजगारीका लागि भारतमा रहेको र घटना बाहिरएपछि घर फर्किएको जनाईएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर बलराम पाण्डेयले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए।
प्रतिक्रिया

