गाँजा गोदाम पत्रकार महासंघकी केन्द्रिय सदस्य ललिताकै भएको पुष्टि, महासंघ अध्यक्षले किन काँध थापे ?

राजविराज– ५ दिनअघि २ हजार ४१९ किलोग्राम गाँजा बरामद भएको सप्तरीको राजविराज नगरपालिका–९, मलेठको घरजग्गा नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य ललिताकुमारी साहकै भएको पुष्टि भएको छ।

सप्तरी प्रहरीले ५ दिन खोजतलास गरेर उक्त जग्गा राजनारायणय साहको भएको पुष्टि गरेको छ। राजनारायण ललिताका श्रीमान हुन। हालसम्म उनिहरुबीच छोडपत्र भएको जानकारीमा छैन।

आफुलाई पत्रकार भन्ने ललिताले केही समय अघि स्थानीय तहमा ठेक्का लिएर सेनिटरी प्याड आपुर्ती गरेकी थिईन। त्यो प्रकरणमा भ्रष्टाचार भयो भनेर आवाज उठाउने रुपनी गाउँपालिकाका स्थानीयवासी राजु जैशवाललाई राजनारायणले ‘गोली लाग्न सक्ने’ भन्दै धम्क्याएको अडीओ सामाजिक सञ्जालमै सार्वजनिक भएको थियो।

गाँजा गोदाममा प्रहरीले छापा मार्दा सयौं बोरा म्याद सकिएको सेनिटरी प्याड समेत बरामद भएको छ। यसले गाँजा गोदाम ललिताकै भएको पुष्टि हुने प्रहरी स्रोत बताउँछ। प्रहरीले छापा मारेपछि गोदाम भाडा लगाएको प्रचार गरिएको छ। तर, एकातर्फ ललिताले इण्डियाबाट झिकाएको प्याड बरामद हुनु र अर्कोतर्फ नगरपालिकामा घर वहाल कर पनि वुझाएको नदेखिनुले गोदाम भाडामा लगाएको नभई गाँजा पनि राजनारायणकै हो भन्ने आशंका धेरैले गरेका छन्।

यतिमात्रै होईन, यो घट्नामा ललिताले नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई नै प्रभावित बनाएको देखिएको छ। उनले नाम उल्लेख गरेर समाचार लेख्ने मिडियालाई खण्डन पठाएकी छिन्। मिडिया र पत्रकार विरुद्ध प्रेस काउन्सिल नेपालका कतिपय कर्मचारीलाई प्रभावमा पारी फोन गराएर धम्क्याईएको छ।

अर्कोतर्फ, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले नै अहिलेसम्म सन्सारमै नचलेको प्रचलन सुरु गरेर सामाजिक सञ्जालबाटै मिडियाको समाचार खण्डन गर्ने काम गरेका थिए। ‘प्रहरी प्रशासनले नभनेको कुरामा समाचार लेखेर पत्रकारले ब्यक्तिको चरित्र हत्या गरेको’ भन्दै उनले उल्टै पत्रकार र मिडियाप्रति धारे हात लगाए।

अध्यक्ष देव नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनका जिल्ला अध्यक्षसमेत भएका ब्यक्ति हुन। ललिताकुमारी साह पनि उनकै संगठनकी सदस्य हुन। गाँजा प्रकरण लम्बिदै जाँदा ललितासमेत तानिने देखिएपछि उनले हतारमा स्ट्याटस लेखेर आफनै गरिमा घटाएको कतिपयको वुझाई छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट