प्रहरी चौकी नजिकै मृत भेटिए प्रहरी वरिष्ठ हबल्दार

काठमाडौँ– तनहुँको ऋषिङ प्रहरी चौकीका एक जना वरिष्ठ हवल्दार सोमबार विहान मृत अवस्थामा फेला परेका छन्।

रुपन्देही घर भएका ४३ वर्षीय ओमबहादुर विक चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

विक लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले घट्नाको अनुसन्धान भइरहेको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट