झापामा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

दमक– झापामा मंगलबार साँझ पिकअप ठक्करबाट घाईते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा भद्रपुर नगरपालिका–१ पृथ्वीनगरका ३५ वर्षीय दिलीप राजवंशीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार साँझ साढे ७ बजे मेची राजमार्गको बनियानी–भद्रपुर सडक खण्ड अन्तरगत भद्रपुर– २ स्थित हिमाली टोलबाट बीआर ३७ भी २१२७ नम्बरको मोटरसाइकललाई मे १ च ५४४७ नम्बरको पिकअपले ठक्कर दिएको थियो।

दुर्घटना परी घाइते भएका मोटरसाइकल चालक राजवंशीलाई उपचारको लागि भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा पठाइएको थियो। राति ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

पिकअप चालक भद्रपुर–३ का ४४ वर्षीय पङ्कज सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट