छोरीलाई बलात्कार गरी भीडीओ बनाएर गुगल ड्राईभमा राख्दा पक्राउ परेका बुबा पूर्पक्षका लागि कारागार चलान

जनकपुर– धम्की दिएर आफनै छोरीलाई पटक–पटक बलात्कार गरी त्यसको भीडीओ बनाएर गुगल ड्राईभमा राखेपछि पक्राउ परेका पर्साको वीरगञ्ज महानगरपालिका २ को छपकैयाका एक ब्यक्ति पूर्पक्षका लागि कारागार चलान भएका छन्।
पर्सा जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलासले बुधबार ३४ वर्षीय ती बुवालाई हाडनाता, जबरजस्ती करणी र विद्युतीय कारोबार ऐन कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
उनी करिव २५ दिनअघि पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई २२ चैतमा पक्राउ गरेको थियो। उनले इन्टरनेटको प्रयोग गरी ‘गुगल ड्राइभ’मा बाल यौन दुर्व्यवहारसँग सम्वन्धित सामग्री राखेको जानकारीपछि प्रहरीले त्यस विषयमा छानविन गरेको थियो।
प्रहरीलाई यो घट्नाको जानकारी नेकमेक (National Center for Missing & Exploited Children– NCMEC) नामको अन्तर्राष्ट्रिय बालसंरक्षण संस्थाले दिएको थियो। संस्थाको Cyber Tipline Report २०७९६२८८६ को आधारमा ती ब्यक्ति पक्राउ परेका हुन।
पर्सा प्रहरीका डीएसपी किशोर लम्सालका अनुसार पीडकले आफ्नो जीमेल एकाउण्टको ड्राईभमा अश्लील सामग्री राखेका थिए। उक्त अश्लील सामग्रीबारे नेकमेकले नेपाल प्रहरीलाई रिपोर्ट गरेको थियो।
यो पनि,