उदयपुरमा स्कारपिओ दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, ६ जना घाईते

गाईघाट– झापाको दमक नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार स्कारपिओ मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुर खण्डमा विहिबार दुर्घटना हुँदा १ जना अधिकृतको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन्।

चितवनबाट झापा जादै गरेको मे १ च ३०४० नम्बरको स्कारपिओ अपरान्ह करिव सवा ४ बजे उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा आफैँ अनियन्त्रित भई सडकको साईडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको थियो।

दुर्घटनामा झापाको दमक नगरपालिका–३ निवासी नगरपालिकाका कानुन अधिकृत ५५ वर्षीय माधब बस्नेतको मृत्यु भएको छ। गम्भिर घाईते भएका बस्नेतलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ।

चालक झापाको दमक नगरपालिका–९ का ३८ वर्षीय देबेन्द्र तामाङ, दमक–१० का वडाध्यक्ष ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का वडा सदस्य ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नबिन खतिवडा र गौरादह नगरपालिका–१ का ५४ वर्षीय भुवन दाहाल घाईते भएका छन्।

घाईते सवैको प्रादेशिक अस्पताल कटारीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट