सिरहामा मोटरसाईकलले छोएको विषयमा विवाद, एक युवकमाथि परिवारै मिलेर खुकुरी प्रहार

लहान– सिरहाको लहनामा मोटरसाइकलले छोएको भन्दै एक युवकमाथि खुकुरी प्रहार भएको छ। लहान नगरपालिका–३ का २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार भएको हो।

खुकरी प्रहारबाट टाउको, घाँटी र ढाडमा चोट लागेका देवकुमारको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ। अवस्था भने सामान्य रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै सिरहाका डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए।

बुधबार भएको यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने ६२ वर्षीय जिवछ महतो, उनकी श्रीमती ६० वर्षीया सीतादेवी महतो र छोरा २१ वर्षीय मनिष महतो पक्राउ परेका छन्।

खुकुरी प्रहार गर्ने जिवछका १९ वर्षीय छोरा मुकेश भने फरार छन्। उनको खोजी भईरहेको डिएसपी पासवानले जानकारी दिए।

प्रहरीका अनुसार मनिषले चलाइरहेको मोटरसाइकलले स्थानीय नथुनी महतोका छोरा देवकुमारलाई छोएपछि विवाद भएको थियो। विवादमा देवकुमारमाथि कुटपिट र खुकुरी प्रहार भएको खुलेको छ। उनीहरु विरुद्ध इलाका प्रहरी कार्यालय लहानमा ज्यान मार्ने उद्योगमा जाहेरी परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट