सप्तरीमा रोकेर राखेको टिपरलाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु

राजविराज– सप्तरीमा रोकेर राखेको टिपरमा मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङगा नगरपालिका –५ स्थित एक अस्पताल अगाडि रोकेर राखेको प्र २–०१–००१ क ००४५ नम्बरको टिपरमा गएराति करिव १ बजे बा ६७ प ९५७६ नम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा कदमहाबाट कडरबोनातर्फ आउदै गरेको मोटरसाईकलले पछाडिबाट टिपरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा करिव ४० वर्षीय मोटरसाईकल चालक गम्भिर घाईते भएका थिए।

टाउकोसहित शरिरका बिभिन्न भागमा चोट लागेर घाईते भएका उनलाई तत्कालै उपचारका लागि सिरहाको लहान स्थित प्रादेशिक अस्पताल लगिएको थियो। उपचारककै क्रममा उनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। मृतकको पहिचान भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट