सिरहामा २ थान वन्दुक बरामद, मान्छे फरार

लहान — सिरहाको गोलबजार नगरपालिका–१० डण्डाबाट प्रहरीले दुई थान भरुवा बन्दुक फेला पारेको छ।
प्रहरी टोलीले डण्डास्थित आँपगाछी क्षेत्रबाट बन्दुक बरामद गरेको हो। इलाका प्रहरी कार्यालय, गोलबजारका इन्स्पेक्टर गोविन्द साहका अनुसार बन्दुक पड्किएको सूचनाका आधारमा प्रहरी खोजतलासमा जुटेको थियो।
प्रहरी टोली घट्नास्थल पुगेपछि बन्दुक पड्काउने मानिस बन्दुक फालेर फरार भएको साहको भनाई छ।
प्रतिक्रिया