मधेशमा पर्सी र जेठ २८ गते सार्वजनिक विदा (सूचनासहित)

जनकपुर– मधेश प्रदेश सरकारले पर्सी (मंगलबार) र जेष्ठ २८ गते सार्वजनिक बिदा दिएको छ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आईतबार एक सूचना जारी गर्दै पर्सी र जेठ २८ गते विदा दिने जानकारी गराएको हो।

भोलि जानकी नवमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो। ‘चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना सम्बन्धमा भोलि मंगलवार जानकी नवमी (सीता जयन्ती)का दिन मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको छ।’– सूचनामा भनिएको छ।

मन्त्रालयले जेठ २८ गते बुधवार पनि कविर दास जयन्तीका दिनमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको उपसचिव गणेश नायकले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट