खोटाङमा कोदालोको पासोले हानेर श्रीमानको हत्या, श्रीमती पक्राउ

गाईघाट– खोटाङमा कोदालोले हानेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको आरोपमा प्रहरीले उनकी श्रीमती हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गाकी ५३ वर्षीया रेनुका राईलाई पक्राउ गरेको हो।
घरायसी विवादमा रेनुकाले कोदालोको पासोले हान्दा पाँचकर्ण गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पताल पठाईएको थियो। उपचारको क्रममा पाँचकर्णको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको मृत्युसँगै रेनुकालाई पक्राउ गरिएको जनाईएको छ।
प्रतिक्रिया