पाईलट शौचालय गएका बेला को–पाइलट बेहोस भएपछि १० मिनेट नियन्त्रणविनै उड्यो लुफ्थान्सा विमान

काठमाडौँ– पाईलट शौचालय गएका बेला को–पाइलट बेहोस भएपछि जर्मनीको लुफ्थान्सा विमान १० मिनेटसम्म नियन्त्रण विनै उडेको खुलासा भएको हो। यो अचम्म र डरलाग्दो घट्ना फेब्रुअरी २०२४ को हो।

यो घट्नाको अनुशन्धान प्रतिवेदन भने हालै सार्वजनिक भएको छ। प्रतिवेदन अनुसार १९९ यात्रु र ६ जना चालक दलका सदस्य लिएर एयरबस ए३२१ विमान जर्मनीको फ्रान्कफर्टबाट स्पेनको सेभियातर्फ जाँदै थियो।

विमान अवतरण हुन करिव ३० मिनेट बाँकी थियो। त्यस बेला ४३ वर्षीय पाइलटले शौचालय जाने सोच बनाए। पाइलट शौचालय गए र करिब ८ मिनेटपछि फर्किए। तर उनी ककपिटमा प्रवेश गर्न पाएनन्। सुरक्षा कोड प्रयोग गर्दा पनि ककपिटमा प्रवेश गर्ने प्रयास असफल भयो।

त्यसपछि आत्तिएका पाईलटले इण्टरकम प्रयोग गरेर कुराकानी गर्ने प्रयास गरे। तर पनि कुनै प्रतिक्रिया नआएपछि आपतकालीन कोड प्रयोग गरेर ढोका खोल्न खोजे। त्यही बेला बेहोस भएका ३८ वर्षीय को–पाइलटको होस खुल्यो। र उनले नै ढोका खोले।

पाईलट छिर्दा को–पाइलटको अनुहार फङ्ङ उडेको थियो। पसिना आइरहेको थियो। अनौठो पाराले हिंडिरहेका थिए। त्यसपछि कप्तानले विमानलाई नियन्त्रण लिए र क्याबिन क्रूलाई सहयोगका लागि बोलाए। यात्रुका रूपमा यात्रा गरिरहेका एक डाक्टरले को–पाइलटको प्राथमिक उपचार गरे। उनको अनुमानमा को–पाइलटलाई मुटुसम्बन्धी समस्या देखिएको थियो।

पाईलटले त्यसबेला सबैभन्दा नजिकको विमानस्थल म्याड्रिडतर्फ मोडे। को–पाइलटलाई तत्काल अस्पताल लगियो, जहाँ चिकित्सकहरूले उनको एक्कासी र गम्भीर रूपमा बेहोस हुनुको कारण न्युरोलोजिकल समस्या भएको बताए।

पाईलटले अनुसन्धानकर्ताहरूसँग आफू शौचालय जाँदा को–पाइलट बिलकुल ठीकठाक र सतर्क रहेको वताएका छन् भने को–पाईलटले आफू कतिबेला बेहोस् भएँ भन्ने थाहा नपाएको बताएका छन्। अहिले उनको चिकित्सकीय उडान अनुमति निलम्बन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट