सुन तस्करीमा संलग्न सप्तरीका सञ्जय साहसहित ७ जना भक्तपुरबाट पक्राउ, सुन पसलमा छापा

राजविराज– भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ३८ वर्षीय सञ्जयकुमार साह भक्तपुरको सूर्यविनायक नगरपालिका–१०, साँगाबाट पक्राउ परेका छन्। प्रहरीले दुई दिनको अवधीमा अवैध सुनचाँदी व्यवसायमा जोडिएका साहसहित ७ जनालाई पक्राउ गरिसकेको छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी कोमल साहका अनुसार डलर साटी दिने वहानामा बुटवलका एक व्यक्तिको २५ लाख रुपप्ैयाँ लुटिएको घट्नामा अनुशन्धान गर्दा सुनचाँदी तस्करीमा संलग्न गिरोह पक्राउ परेको हो।

लुटेरा समुहको खोजतलास गर्ने क्रममा प्रहरीले मंगलबार छिन्नमस्ताका सञ्जय र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ का २१ वर्षीय राजन धमलालाई २५ लाख नगदसहित पक्राउ गरेको थियो। उक्त रकमको बारेमा सोधपुछ गर्दा अवैद्य सुनचाँदी व्यवसायको खुलासा भएको प्रहरीले जनाएको छ। सञ्जय र राजनको बयानका आधारमा बुधबार काभ्रेको बनेपा नगरपालिका –७, परिवार नियोजन चोकस्थित मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टरमा छापा मारेर थप ५ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्य मदनपुर जिल्ला पसवाई ग्राम पञ्चायत दासपुर थाना घर भई बनेपा बस्ने ४७ वर्षीय दिपंकर मैती, भारत वेस्ट बंगाल मेदीनिपुर निजामपुर घर भई पाँचखाल नगरपालिका–४ बस्ने ३० वर्षीय सुमन सासमोल, भारतको जोतभन्साम घर भइ हाल बनेपा ७ बस्ने ३८ वर्षीय ऋषीकेश गोड्से, सुन पसलमा काम गर्ने २२ वर्षीय विजय घोराइ र ३८ वर्षीय दिपंकर साहु छन।

उनीहरुको साथबाट ७ सय १ दशमलव ९१ ग्राम सुन, ३ सय २७ दशमलव ७५ ग्राम चाँदी, १ लाख २१ हजार नेपाली तथा २५ हजार ३ सय भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका ७ मध्ये सुनचाँदीमा प्रत्यक्ष जोडिएका ब्यक्ति भारतीय नागरिक ३८ वर्षीय ऋषीकेश गोड्से रहेको खुलेको छ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार मंगलबार दिउँसो बुटवलका एक व्यक्तिले आफ्नो २५ लाख रुपैयाँ लुटिएको सूचना दिएका थिए। सस्तो मूल्यमा डलर साट्ने भन्दै गिरोहले बुटवलका ती व्यक्तिलाई बोलाएको थियो। रकम बोकेर बनेपा पुगेका ती ब्यक्तिलाई डलर भन्दै २० रुपैयाँ दरका १४ हजार रुपैयाँको वण्डल दिएर झुक्याई गिरोहका सदस्यहरु भागेका थिए।

सोही सूचना प्रहरीले पाएपछि अनुशन्धानमा जुटेको प्रहरीले ७ जनालाई पक्राउ गरेको हो। तर, उनीहरुको साथबाट फेला परेको रकम डलर साट्ने भन्दै ठगी गर्नेको नभइ सुन कारोबारीको रहेको खुलेको छ। २५ लाख रकम लिएर भागेकाहरू भने फेला परेका छैनन्। उनीहरुको खोजी भईरहेको एसपी साहले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट