गाईघाटका १३ र १५ वर्षका बालिकालाई वेस्यावृत्तिमा लगाएको आरोपमा सप्तरीका १ युवकसहित १३ जना पक्राउ

गाईघाट– उदयपुरको गाईघाटमा २ जना नाबालिकालाई वेस्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सप्तरीका एकसहित १३ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ। पक्राउ पर्नेमा २ जना होटल सञ्चालक र ८ जना बालबालिकासमेत छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आफना १३ र १५ वर्षका नाबालिका छोरीलाई विभिन्न प्रलोभनमा पारी होटलमा लगेर अपरिचित ब्यक्तिहरुसँग शारीरिक सम्वन्ध राख्न बाध्ये पारेको (वेस्यावृत्ति गराएको) भन्दै गत वैशाख दोस्रो साता दुई जना अभिभावक (गाईघाट ८४(क) र गाईघाट ८५(ख)) ले प्रहरीमा जाहेरी दिएका थिए।
सोही जाहेरीका आधारमा प्रहरीले नरेन्द्र हजारी (नाम परिवर्तन), गणेश बजिमय (नाम परिवर्तन)सहित ८ जना बालबालिका, झापाको कन्काई नगरपालिका–४, परिवर्तनटोल घर भई उदयपुरको त्रियुगा नगरपालिका–११ पिपल चोक (पत्रकार महासँघको भवन नजिकै) बस्ने २० वर्षीय विक्रम तामाङ भनिने विक्रम रणपहेली (दर्जी), त्रियुगा–११ का १९ वर्षीया पुर्णिमा राई, सप्तरीको हनुमाननगर कंकालिनी नपा–४ घर भएका २५ वर्षीय कुन्दन दास समेतलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भ्यु प्वाईन्ट होटलकी सञ्चालिका त्रियुगा –१० की २९ वर्षीया सम्झना मगर र त्रियुगा–११ स्थित मकालु होटलका सञ्चालन ३८ वर्षीय ललित भण्डारीसमेत छन्। उदयपुर प्रहरीले यो प्रकरणमा जम्मा १३ जना पक्राउ परेको जनाएको छ।
घट्नाको आवश्यक अनुशन्धानपछि ६ जेठमा उनीहरु विरुद्ध उदयपुर जिल्ला अदालतमा मानव वेचविखन तथा ओसार–पसार सम्वन्धि मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुले जनाएको छ।
कडा कार्वाही गरियोस् गाईघाट मा हद भयो