राजविराजमा कावा मेयर र योजना शाखा प्रमुखबीच विवाद हुँदा कार्यालयमा तोडफोड

राजविराज — राजविराज नगरपालिकामा कर्मचारी र कार्यवाहक मेयर इसरत परविनबीच तनाव भएको छ। कावा मेयर कर्मचारीबाट असुरक्षित भएको भन्दै विहिबार जिल्ला प्रहरी कार्यालय पुगेकी छिन्।

योजना शाखाका प्रमुख मनोजकुमार यादव र अन्य केही ब्यक्तिका नाममा कावा मेयर परविनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा लिखित जाहेरी दिएको जनाईएको छ। उनी केही वडाध्यक्ष र सरसफाई कर्मचारीलाई लिएर प्रहरी कार्यालय पुगेकी थिईन।

कर्मचारीहरुका अनुसार सरसफाई कर्मचारीको ज्याला भुक्तानी गर्ने विषयमा बुधबार साँझ परविन र योजना शाखाका प्रमुख यादवबीच विवाद भएको थियो। त्यस क्रममा कावा मेयरको कार्यकक्षमा तोडफोड समेत भएको जनाईएको छ। यादवले आफुलाई लक्षित गरी पानी जार प्रहार गरेको परविनको आरोप छ।

सोही विषयमा यादवसहित संलग्नलाई कारवाही गर्न माग गर्दै परविनले प्रहरीमा जाहेरी दिएकी हुन। जानकारी अनुसार सफाइकर्मीले गत वर्ष काम गरेको १७ दिनको ज्याला भुक्तानी हुन बाँकी छ। सोही विषयमा विवाद हुँदा बाहिरका व्यक्ति ल्याएर यादवले आफनो कार्यकक्ष तोडफोड गराएको परविनको आरोप छ।

योजना शाखा प्रमुख यादवले भने कार्यवाहक मेयरको आरोप अस्विकार गरेका छन्। रात परेपछि जबरजस्ती कागजातमा सही गराउन खोजेपछि सामान्य विवाद भएको उनको भनाई छ।

राजविराज नगरपालिकाका निर्वाचित मेयर भिमराज यादव भ्रष्टाचार मुद्दामा निलम्बनमा छन। त्यसपछि राजविराज नगरपालिका लामो समयदेखि कार्यवाहकको भरमा चलिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट