मेघालयमा हनिमुन मनाउन गएका श्रीमानको रहस्यमय मृत्यु, १७ दिनपछि पत्नीसहित चार जना प्रहरी नियन्त्रणमा

काठमाडौँ– भारतको मध्य प्रदेश राज्यको इन्दौरस्थित सकार नगरका यातायात व्यवसायी राजा रघुवंशीको हनिमुनको क्रममा भएको हत्या घटनामा उनकी श्रीमती सोनम रघुवंशी नै संलग्न रहेको पुष्टि भएको छ।

गहिरो खोँचमा शव फेला परेपछि बेपत्ता बनेकी सोनमलाई प्रहरीले सोमबार गाजीपुरबाट पक्राउ गरेको हो।

राजा र सोनमको विवाह २०२४ मे ११ मा भएको थियो। विवाहको ९ दिनपछि अर्थात मे २० मा उनीहरू हनिमुन मनाउन मेघालय प्रस्थान गरेका थिए। तर, मे २३ देखि सम्पर्कविहीन बनेका राजा ११ दिनपछि, जुन २ मा, मेघालयको पूर्वी खासी पहाड अन्तर्गत वेसाडोङ फल्स नजिकैको १५० फिट गहिरो खोँचमा मृत अवस्थामा फेला परेका थिए।

त्यो बेला उनकी श्रीमती सोनम भने बेपत्ता थिइन। भारतीय सञ्चारमाध्यमका अनुसार, गाजीपुरमा फेला परेकी सोनममाथि पतिको हत्या गराउन भाडामा मानिस लगाएको आरोप छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ भने घटनामा संलग्न थप ३ जनालाई पनि पक्राउ गरिएको छ।

सोनमले गहिरो पहाडबाट श्रीमानलाई खसालेर वा खसाल्न लगाएर हत्या गराएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाइएको छ। उनी शिलाङबाट गाजीपुरसम्म कसरी पुगिन र १७ दिन कहाँ थिइन भन्ने विषयमा पनि रहस्यमै छ। यसको पनि प्रहरीको अनुसन्धान गरिरहेको छ।

प्रहरीले घटनाको पुष्टि गर्न सीसीटीभी फुटेज, फोन कल विवरण र अन्य डिजिटल प्रमाणहरू संकलन गरिरहेको जनाइएको छ। प्रारम्भिक रूपमा सोही आधारमा सोनममाथि हत्या योजनाको संलग्नता देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट