इन्दौरका व्यापारीको हनीमुनमा हत्याः ‘अपरेशन हनीमून’ मार्फत पत्नी सोनम र प्रेमीसहित ५ पक्राउ

काठमाडौँ– हनिमुनका क्रममा श्रीमतीबाटै मारिएका भारतको मध्य प्रदेशस्थित इन्दौरका व्यापारी राजा रघुवंशीको हत्या प्रकरण मेघालय प्रहरीले सुल्झाएको छ। अनुशन्धानका क्रममा घट्नामा आश्चर्यजनक र नाटकिय तथ्यहरु वाहिर आएका छन्।

देशव्यापी चासोको विषय बनेको यो घट्नामा प्रहरीले ‘अपरेशन हनीमून’ नामको विशेष अपरेशन सञ्चालन गरेको थियो। प्रहरीका अनुसार हत्या योजनाको मास्टरमाइण्ड मृतककै पत्नी सोनम रघुवंशी हुन। उनले आफ्ना प्रेमी राज कुशवाहा र अन्य तीन जना सुपारी किलरको सहयोगमा राजाको हत्या गराएको खुलेको छ।

राजा र सोनमको विवाह गत मे महिनामा भएको थियो। विवाहपछि उनीहरूले मेघालयमा हनीमून मनाउने योजना बनाएका थिए। योजना अनुसार उनीहरु मेघालय पुगे तर मे २५ तारिखदेखि दुवै सम्पर्कविहीन भए। केही दिनपछि राजा रघुवंशीको शव चेरापूंजी (शिलाङको सुनसान क्षेत्र) को सोहरा नजिकै वीसावडोंग झरनामा फेला पर्यो।

गम्भिर चोट लागेको र रगत लतपतिएको अवस्थामा शव फेला परेको थियो। नजिकै रगत लागेकै अवस्थामा चक्कु र रेनकोट भेटिएको थियो। जसले राजाको हत्या पुष्टि गर्यो। शवको पहिचान उनको हतामा रहेको ‘राजा’ लेखिएको ट्याटु र वाटरप्रुफ स्मार्टवाच बाट गरिएको हो।

प्रहरीका अनुसार २२ मेका दिन राजा र सोनम चेरापूंजीको मन्हा होटलमा पुगेका थिए। त्यहाँ कोठा नपाएपछि उनीहरु आफ्नो सामान भने त्यही छोडेर अन्यत्र गएको पाईएको छ। ‘हाम्रो सामान राखिदिनोस, पछि आएर लैजान्छौं भनेर आग्रह गरेपछि होटलवालाले सामान राखिदिएको रहेछ। तर, उनीहरु सामान लिन फर्किएर गएनन्।’– प्रहरीले भनेको छ।

प्रहरीले उक्त होटलको सीसीटीभी फुटेज र सामान जफत गरेको छ।

सुपारी किलरहरूसहित हत्या योजनाको पर्दाफास
सोनम र प्रेमी राज कुशवाहाले तीन जनालाई सुपारी दिएर राजाको हत्या गराएको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रहरीले ती मध्ये दुई जनालाई उत्तर प्रदेश र एक जनालाई मध्य प्रदेशबाट पक्राउ गरेको छ।

राजाको अन्तिम संस्कारमा पुगेका थिए सोनमका प्रेमी
प्रहरीको अनुसार राजा रघुवंशीको अन्तिम संस्कारमा खिचिएको भिडियोमा राज कुशवाहा सोनमका बुवासँग देखिएका छन्। उनी राजाको मृत्युले दुखित भएको देखाउन रोईरहेको अभिनय गरिरहेको भीडीओ फुटेज प्रहरीले फेला पारेको छ। तर, उनी राजाको हत्या योजनामा प्रत्यक्ष संलग्न रहेको प्रहरीको दावी छ।

यता, राजाको हत्यापछि सोनम भने सम्पर्कविहिन थिईन। १७ दिनपछि उनी उत्तर प्रदेशको गाजीपुर जिल्ला स्थित एक ढाबा (होटल) मा भेटिएकी थिइन्। उनले होटलमा गएर ‘आफु अपहरणमा परेको र वेहोस बनाएर गहना लुटेको’ बताउँदै सहयोग मागेकी थिईन।

उनले त्यहाँबाट आफ्ना आफ्ना दाजु गोविन्दलाई फोन गरीन। आफु समस्यामा परेको भन्दै रोइन्। दाजुले होटल मालिक साहिललाई पुलिसलाई खबर गर्न सल्लाह दिए। साहिलले प्रहरीलाई खवर गरेका थिए। पछि प्रहरीले सोनमलाई नियन्त्रणमा लिएको थियो।

सोनममाथि प्रेमीसँग मिलेर पति हत्याको षडयन्त्र बनाएको आरोप छ। सोनमलाई छिट्टै मेघालय प्रहरीलाई जिम्मा लगाउने तयारी छ।

सोनमका पिता देवी सिंहले भने प्रहरीले लगाएको सबै आरोप असत्य र राजनीतिक साजिश भएको भन्दै सीबीआई जाँचको माग गरेका छन्।

विवाहको दिनको तनावपूर्ण क्षण
प्रहरीले घट्ना अनुशन्धानका क्रममा सोनम र राजाको विवाह भीडीओ समेत संकलन गरेको छ। भीडीओ अनुसार विवाहमा सोनम खुसी देखिएकी छैनन्। सिन्दूरदानको समयमा उनी रिसाएको देखिन्छिन् भने राजा खुशीसाथ मुस्कुराइरहेका छन्। जसले विवाह नै तनावपूर्ण अवस्थामा सम्पन्न भएको देखाउनु प्रहरीले जनाएको छ।

यो घटनाले प्रेम र वैवाहिक द्वन्द्वका कारण हुने हत्या घटनालाई फेरि एकपटक उजागर गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट