आफ्नै बहिनीको प्रेममा परेका डाक्टरले गरे उनका प्रेमीको हत्या

काठमाडौँ– भारतको त्रिपुरा राज्यस्थित बांकुमारी (पूर्व अगरतला थाना क्षेत्र) मा एउटा अचम्मलाग्दो र दुखद प्रेमकथा हत्या घटनामा परिणत भएको छ। आफ्नै बहिनी (काकाकी छोरी) सँग प्रेममा परेका २६ वर्षीय डाक्टर सोभेद्र चौधरीले बहिनीका प्रेमी २४ वर्षीय अरुण मुखर्जीको हत्या गरेका छन्।
प्रहरीका अनुसार जुन ८ तारिखका दिन सोभेद्रले पश्चिम त्रिपुराको दक्षिण इन्दिरानगरस्थित आफ्ना आफन्तको घरमा अरुणलाई बोलाएका थिए। उनले आफ्ना तीनजना नजिकका सहयोगीसँग मिलेर त्यहीँ अरुणको घाँटी थिचेर हत्या गरेको खुलेको छ। हत्या पछि शवलाई ट्रली ब्यागमा हालेर लुकाइएको थियो।
अर्को दिन अभियुक्तले आफ्ना आमा–बुवालाई फोन गरेर अगरतला बोलाए। आमा–बुवाले शबसहितको ट्रली ब्याग लिएर गण्डाचेरास्थित आफ्नो पसलमा गए। र शवलाई आइसक्रिम फ्रिजरमा लुकाइ दिए।
प्रहरीका नुसार केही समयअघि अभियुक्तकी वहिनी मिष्टीका पिताको निधन भएको थियो। उनी मानसिक रूपमा कमजोर भएकी थिईन। त्यसैले अभियुक्त प्रायः बांकुमारीस्थित बहिनीको घरमा गईरहन्थे र उनलाई प्रभावमा पार्ने प्रयास गर्थे।
यही क्रममा उनले मिष्टी र उनका प्रेमी अरुणबीच झगडा भई बोलचाल वन्द भएको कुरा पनि थाहा पाए। यसैको मौका छोपी अभियुक्तले बहिनीका प्रेमीलाई बाटोबाट हटाउने योजना बनाएका प्रहरीको भनाई छ।
अरुण हराएको उजुरी मृतकका परिवारले प्रहरीलाई दिएपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानकै क्रममा अभियुक्त सोभेद्र पक्राउ परे र सोधपुछमा उनले घटनाको सबै तथ्य स्वीकार गरे।
अभियुक्तको बयानका आधारमा प्रहरीले आइसक्रिम फ्रिजरबाट शव बरामद ग¥यो। अहिले अभियुक्त, उनका आमा–बुवा र अन्य चार जना गरी कूल ६ जनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको पश्चिम त्रिपुराका एसपी किरण कुमारले जानकारी दिएका छन्।
अभियुक्तले बाङ्गलादेशबाट एमबीबीएस डाक्टरको कोर्स सकिसकेको प्रहरीले जनाएको छ।