मोटरसाईकलमा जवर्जस्ती चढाएर सुरक्षित स्थानमा पुर्‍याई १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार

जनकपुर– महोत्तरीको रामगोपालपुरमा १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुको नाम प्रहरीले खुलाएको छैन।

उनीहरुले शुक्रबार राति किशोरीलाई बलात्कार गरेको जानकारी प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले बताए। उनीहरुले किशोरीलाई जबर्जस्ती मोटर साइकलमा राखी रामगोपालपुर नगरपालिका–४ स्थित पानी उद्योगमा पुर्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

एसपी शर्माका अनुसार किशोरीका अभिभावकले प्रहरीमा उजुरी दिएका छन्। सोही उजुरीका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए। ‘किशोरी र आरोपितको स्वास्थ्य परीक्षण गरिएको छ। प्रारम्भिक अनुसन्धान, घटनास्थलको अवस्था र स्वास्थ्य परीक्षणले बलात्कर भएको देखिन्छ।’– शर्माले भने।

दुवै जनालाई जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको शर्माले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट