सिरहामा ३० वर्षीय युवकको हत्या, प्रहरीले फेला पार्यो घाँटीमा गम्छा बेरिएको र घिसारिएको संकेत

लहान– सिरहाको अर्नमा गाउँपालिका–१ बुदियाचापमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृतक स्थानीय रामसेवक महराका छोरा ३० वर्षीय अजय महरा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

उनी शनिबार बिहान आफ्नै घरभन्दा केही पर मुलिफ अलि मन्सुरको आँपको रुखमुनि घाँटीमा गम्छा बेरिएको अवस्थामा लडिरहेको भेटिएका हुन्।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक अनुसन्धानमा उनको घाँटीमा लुगा बेरिएको र शरीरमा घिसारिएको जस्तो चोटपटक देखिएकोले कुटपिट गरी हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।

‘हामीले घटनास्थलको मुचुल्का उठाउँदै अनुसन्धान सुरु गरेका छौं। घटनाको विस्तृत विवरण अनुसन्धानपछि मात्रै खुल्नेछ।’– डीएसपी पासवानले भने।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट