उच्च अदालत बार एसोसिएसन राजविराजका पूर्व सचिव अधिवक्ता विमलको दुर्घटनामा मृत्यु

राजविराज– उच्च अदालत बार एसोसिएसन, राजविराजका पूर्व सचिव तथा गणेश बचत तथा ऋण सहकारी संस्थाका लेखा समिति संयोजक अधिवक्ता विमल कुमार साहको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।
शुक्रबार राजविराजबाट धरान जाँदै गरेका साह सुनसरीको तरहरा नजिकैको जंगल क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
तर, टाउकोमा गम्भीर चोट लागेकाले साहको उपचारको क्रममा दिउँसो करिव १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना स्थल कोशी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डको चारकोशे झाडी क्षेत्रमा पर्ने जनाईएको छ।
सप्तरीकै बोदेबर्साइन नगरपालिका–६, देउरी स्थायी घर भएका साह राजविराज नगरपालिका– ७ मा बसोबास गर्दै आएका थिए।
प्रतिक्रिया