उदयपुरमा १६ वर्षीया बालिकामाथि बालयौन दुरुपयोग आरोपमा युवक पक्राउ

गाईघाट— उदयपुरको त्रियुगा नगरपालिका–११ साकेला टोलमा १६ वर्षीया बालिकामाथि बालयौन दुरुपयोग गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही टोलका २२ वर्षीय सागर परियार छन्। उनले गत साउन २२ गते दिउँसो करिब २ बजे बालिकामाथि यौन दुरुपयोग गरेको आरोप लागेको छ।

घटनापछि फरार रहेका परियारलाई प्रहरीले खोजतलास गर्ने क्रममा साउन २५ गते उनको घरबाटै पक्राउ गरेको हो।

पक्राउ परेका परियारलाई उदयपुर जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गराईएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट