जनकपुरमा जग्गा विवादले पत्रकार र वकिलीच हिंसात्मक झडपः ५ जना पत्रकार घाईते, एक जनाको हड्डी भाँचियो

जनकपुर — धनुषाको जनकपुरधाम उप–महानगरपालिकास्थित राममन्दिर गुठ्ठीअन्तर्गत रहेको ४ कठ्ठा जग्गाको लिज विवाद (स्वामित्व विवाद) मा कानुन व्यवसायी र सञ्चारकर्मीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्।

मंगलबार नेपाल बार एसोसिएशनमा आबद्ध वकिलहरूले पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम कुमार बञ्जारा, महिला उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति), पत्रकार दिवाकर राय र अनिल निराला माथि हातपात गरेका हुन्। घाइते पत्रकारहरूको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

महासचिव महतोले आफ्नो पैतालाको हड्डी भाँचेको जानकारी दिए। पत्रकार महासंघले गुठी संस्थानबाट लिजमा लिएको जग्गामा कानुन व्यवसायीले तारबार लगाउन र किला गाड्न थालेपछि झडप भएको उनले वताए।

नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले उक्त जग्गा गुठ्ठी संस्थानबाट २० वर्षका लागि लिजमा लिएको थियो। जग्गामा प्रदेश समितिले भवन बनाउने योजना बनाएको भए पनि नेपाल बार एसोसिएशनले पार्किङ स्थल बनाउने नाममा उक्त जग्गामा अतिक्रमण गर्न खोजेको थियो।

गुठी संस्थानले गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी तीन वटा जग्गाका लागि प्रस्ताव आह्वान गरेको थियो। प्राप्त प्रस्तावहरूमा पत्रकार महासंघको वार्षिक तीन लाख एक हजार रुपैयाँ प्रस्ताव उच्च मूल्यांकनमा स्वीकृत भएको थियो। साउन १ गते गुठी संस्थानले यो लिज स्वीकृत गरेको थियो।

तर, साउन २० गते नेपाल बार एसोसिएशनले उक्त जग्गामा पार्किङ स्थाल बनाउने सूचना जारी गरी २१ गतेदेखि आफ्ना सदस्यलाई पार्किङका लागि उर्दी वितरण गरेको थियो। कानुन व्यवसायीहरूले पत्रकार महासंघको जग्गामा तारबार लगाउने र किल्ला तोड्ने प्रयास गरेपछि पत्रकार महासंघले कडा प्रतिरोध गरेको थियो।

झडपको घटनाले विवाद अझै बढेको छ भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट