१० धुर जग्गा हत्याउन जीवित श्रीमतीको झुठो मृत्यु प्रमाणपत्र बनाउने पूर्व सैनिकको पर्दाफास

राजधानी— कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का एक पूर्व सैनिकले १० धुर जग्गा आफ्नो नाममा गर्न जीवितै श्रीमतीको मृत्यु प्रमाणपत्र तयार गरेको खुलासा भएको छ। यो घटनाले एकातर्फ स्थानीय तहको दर्ता प्रणालीमा देखिएको गम्भीर कमजोरी उजागर गरेको छ भने अर्कोतर्फ मृत्यु दर्ता गरिएकी महिलाले ‘पुनर्जन्म’ को लडाइँ लड्नु परेको छ।

पीडित ३८ वर्षीया गोमतीदेवी गिरीका अनुसार उनका श्रीमान् दयाराम गिरीले २०७६ साल फागुन ५ गते मृत्यु भएको मिति राखी सोही महिनाको २० गते वडा कार्यालयबाट उनको मृत्यु भएको भनी झुटो प्रमाणपत्र बनाएका थिए। जसमा तत्कालीन पञ्जिकाधिकारी गुरूदेव विकले प्रमाणीकरण गरेका छन्। यो कुरा उनी स्वयमले ६ वर्षपछि थाहा पाएकी हुन।

झुटो मृत्यु दर्ता प्रमाणपत्रको आधारमा दयारामले गोमतीदेवीको नाममा रहेको जग्गा आफ्नो नाममा सारेर बिक्री गर्ने तयारी गरेको आरोप छ। पीडित गोमतीदेवीले भनिन्, ‘म यहाँ जीवित छु, तर कागजमा ६ वर्षअघि नै मारेर मेरो जायजेथा अर्काको नाममा पु¥याईएछ। अब कानुनी रुपमा पुनर्जन्मका लागि लड्नु परेको छ।’

वडाध्यक्ष सुशीलकुमार भट्टका अनुसार मृत्यु दर्ता गर्दा आवश्यक कागजात र स्थानीयको प्रमाणिकरण विना प्रक्रिया पूरा हुनु गम्भीर लापरबाही हो। उनका भनाइमा, यो घटना व्यक्तिगत विवाद मात्र नभई, स्थानीय प्रशासनिक प्रणालीको कमजोरी पनि हो।

यसबारे कञ्चनपुरका सीडीओ लक्ष्मण ढकालले भने पीडितले वडा कार्यालयमा निवेदन दिए झुठो मृत्यु दर्ता खारेज हुने वताए। तर झुटो प्रमाण पेस गर्ने र त्यसलाई प्रमाणीकरण गर्ने दुवैलाई कानुनी कारबाहीको दायरामा ल्याउने हो भने त्यसै अनुसार कानुनी प्रकृया अगाडि वढाउनु पर्ने उनको भनाई छ।

कसरी सम्भव भयो यत्रो षडयन्त्र ?
कञ्चनपुरमै जन्मिएकी गोमतीदेवीले २१–२२ वर्षको उमेर (४ पुष ०६६) मा नेपाली सनोमा कार्यरत दयारामसँग विवाह गरेकी थिइन्। भागेर विवाह गरेकी उनी फर्केर माइती जान सकिनन्। विवाहपछि उनीहरुका दुई सन्तान जन्मिए।

बेला–बखत उनिहरुको ठाकठुक परिरहन्थ्यो, कहिलेकाहीँ त ठुलै झगडा पनि। श्रीमानले धेरै पटक उनलाई घर छोडेर जान आदेश दिन्थे। तर, उनले कहिलै पनि घर र छोराछोरी छोड्ने हिम्मत गर्न सकिनन्। ‘दिनहुँ झगडा भए पनि सुख–दुःख गरेर बसिरहेँ। जहिले घर छोडेर जाऊ भनिए पनि छोराको मुहार हेरेर बसेँ।’– उनले भनिन्।

तर, अतिचार भएर सहन नसक्ने अवस्था भएपछि ०७५ असार ३ गते उनी घर छोडेर हिँडिन र भारतमा वस्न थालिन। घर छोडेको दोस्रो दिनदेखि साउनसम्म श्रीमानसँग उनको सम्वाद भईरह्यो। ०७५ भदौमा दयाराम शान्ति सेनामा गए। त्यसपछि उनीहरुको सम्पर्क टुट्यो।

०७६ कात्तिकमा दयाराम शान्ति सेनाबाट फर्किए। त्यसको एक महिनापछि फेरी उनीहरुको सम्पर्क भयो। एको गोमतीदेवी बताउँछिन्। श्रीमान फर्किए पछि गोमती पनि घर फर्किन चाहान्थिन। तयर, विवादका कारण फर्किन सकिनन्। त्यसपछि मात्रै उनले दयारामले अर्को विवाह गरेको र सन्तानसमेत रहेको जानकारी पाईन।

श्रीमानको दोस्रो विवाहपछि गोमतीले पनि अर्को विवाह गरिन्। त्यसपछि दयाराम र गोमतीको फोन सम्पर्कसमेत टुट्यो। उनका छोराहरू आफन्तकोमा राखिएका थिए। उनी बेलाबेलामा आफन्तमार्फत छोराहरूको अवस्थाबारे सोधपुछ गर्थिन्।

यस्तै क्रममा उनको जीवनका ६ वर्ष बिते। अघिल्लो वर्ष असारमा आमाको निधन हुँदा पनि उनी फर्किएर आउन सकिनन्। यस पटक वर्ष दिनको काममा आएकी उनले आफुसँग भएको केही पैसा जग्गामा लगानी गर्ने सोच बनाईन। त्यही क्रममा चिनेजानेका मान्छेले ‘तिम्रो मृत्यु दर्ता भइसकेको छ’ भन्दै सुनाएको उनी बताउँछिन्।

‘तपाईंको त मृत्यु दर्ता भइसक्यो’ भन्दा छक्क परे। तीन÷चार जना स्थानीयले त्यही सुनाएपछि वडा कार्यालयमा सोधपुछ गर्न जाँदा मृत्यु दर्ता भइसकेको पुष्टि भएको उनको भनाइ छ। ‘२०७६ पुससम्म हाम्रो बोलचाल भइरहेको थियो। फागुनमा मृत्यु दर्ता गरिदिनु भएछ।’– उनले भनिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट