सप्तरीमा पत्रकारमाथि छुरा प्रहारः महासंघको ध्यानाकर्षण

राजविराज — सप्तरीमा पत्रकार सौरभ यादवमाथि भएको छुरा प्रहार घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ।

नयाँ पत्रिका दैनिकका संवाददाता यादवमाथि साउन ३० गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेट नजिकै मोटरसाइकलमा आएका केही व्यक्तिले छुरा प्रहार गरेका थिए। घटनामा शरीरका विभिन्न भागमा गहिरो चोट लागेका यादव हाल उपचाररत छन्।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा महासंघले यादवको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। महासंघले पत्रकारमाथि भएको यस जघन्य आक्रमणको घोर निन्दा र भत्र्सना गर्दै दोषीहरूलाई हालसम्म पक्राउ नगर्नु स्थानीय प्रशासनको कमजोरी भएको टिप्पणी गरेको छ।

साथै, तत्काल दोषीलाई पक्राउ गरी कानुन अनुसार कडा भन्दा कडा सजाय दिन माग गरिएको छ। पत्रकार र पत्रकारिताको सुरक्षा सुनिश्चित गर्दै स्वतन्त्र र निर्भय वातावरणमा पत्रकारिताको अभ्यास गर्न सक्ने अवस्था निर्माण गर्न सम्बद्ध निकायलाई महासंघले आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट