काठमाडौँमा फरुवाले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

राजधानी— काठमाडौँको तारकेश्वर नगरपालिका–१ मा बुधबार राति एक महिलाको हत्या भएको छ। प्रहरीले दिएको जानकारी अनुसार स्थानीय भीमसेन मग्रातीले आफ्नी श्रीमती ३५ वर्षीया शर्मिला मग्रातीलाई घरायसी विवादका क्रममा फरुवा प्रहार गरी हत्या गरेका हुन्।
घटनापछि आरोपी भीमसेनलाई प्रहरीले पक्राउ गरिसकेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले पक्राउ परेका भीमसेनमाथि प्रहरी वृत्त बालाजुमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रतिक्रिया