जेनजी आन्दोलन प्रकरणमा अपराधीलाई उन्मुक्ति दिने सरकारी नीतिविरुद्ध कांग्रेसको कडा आपत्ति

काठमाडौँ— नेपाली कांग्रेसले जेनजी आन्दोलनको नाममा भएका आपराधिक गतिविधिहरूलाई सरकारले उन्मुक्ति दिने नीति अपनाउन खोजेकोप्रति कडा आपत्ति जनाएको छ। साथै, पार्टीले केही नेताहरूको राहदानी रोक्का गर्ने निर्णयलाई प्रतिशोधमूलक तथा गैरकानूनी ठहर्याउँदै विरोध जनाएको छ।

केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा मुख्यसचिव कृष्ण प्रसाद पौडेलले घटनाको छानबिन सुरु नहुँदै र प्रभावकारी अनुसन्धान नहुँदै नेताहरू र व्यक्तिहरूको राहदानी रोक्का गर्ने निर्णय प्रतिशोधपूर्ण हुने बताएका छन्। उनले भनेका छन्– पिडितलाई आतङ्कित गर्ने र सप्रमाण भेटिएका अपराधीहरूलाई उन्मुक्ति दिने नीति नेपाली जनताका लागि अस्वीकार्य हुनेछ।

भाद्र २३ र २४ गते जेनजी पुस्ताको आह्वानमा सुरु भएको प्रदर्शन शान्तिपूर्ण रहेको अवस्थामा त्यसको आवरणमा केही अपराधिक समूहले व्यवस्था भंग गर्ने, आगजनी, लुटपाट र सार्वजनिक तथा निजी संरचनाहरूमा व्यापक क्षति पु¥याउने कार्य गरेको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ–‘उक्त घटनामा सुरक्षाकर्मीहरू समेत समावेश गरी ७६ जनाभन्दा बढीले ज्यान गुमाएका र सयौँ घाइते भएको तथा राष्ट्रलाई करबौँको क्षति पुगेको छ।’

‘गृहमन्त्रालयबाट मिति असोज ९ मा जारी गरिएको विज्ञप्ति र त्यसको आधारमा गरिएको परिपत्रले संविधान, कानूनी राज्य र विधीको शासनको धज्जी उडाउन सफल भएको देखिन्छ’ विज्ञप्तिमा भनिएको छ— ‘यस्तो अवस्थामा सरकारले अनुसन्धान पूरा गर्नु अघि नै केही व्यक्तिहरूमाथि दण्डात्मक र आवतजावत रोक्ने कदम चाल्नु प्रतिशोधपूर्ण र गैरकानूनी हो।’

‘आयोगलाई क्षेत्राधिकारभन्दा बाहिर पुर्याएर मानवअधिकार र व्यक्तिगत स्वतन्त्रतामाथि प्रत्यक्ष अघात पुर्याउने प्रयास भइरहेको आरोप लाग्दै आएको र यसले राजनीतिक प्रतिशोधको स्पष्ट संकेत दिएको छ।’– विज्ञप्तिमा भनिएको छ।

दण्डहिनतालाई प्रोत्साहन नगर्न र दलहरूको प्रतिस्पर्धात्मक प्रतिशोधमा नउत्रन कांग्रेसले सचेत पनि गराएको छ। नेपाली कांग्रेसले अन्त्यमा सरकारलाई आह्वान गर्दै भनेको छ— ‘न्यायिक छानबिन जारी रहँदा राजनीतिक प्रतिशोध र अघोषित कारबाहीबाट सरोकार राख्ने कुनै पनि कदम नलिईयोस, संवैधानिक प्रक्रियालाई सम्मान गर्दै निष्पक्ष र पारदर्शी छानबिन गरियोस्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *