दशैंका बेला यवबहादुरको अपराधिक ताण्डवः भान्जा र बुवालाई खुकुरी हान्दा नलागेपछि आमाको हत्या

काठमाडौँ- देश दशैंको उल्लास र वाढि पहिरोको त्रासमा रहेका बेला धादिङमा भने सुन्दै ‘आङ जिरिङ्ङ’ हुने घट्ना सार्वजनिक भएको छ। जेनजी आन्दोलनमा आफुलाई ठुलो परिवर्तनकारी र राष्ट्रवादी नागरिकको रुपमा ‘सोअफ’ गरेका त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेलको अपराधले गाउँनै त्रस्त बनेको छ। देशै स्तब्ध छ।

भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा संसद भवन अगाडि प्रहरीसँग भिडेका, सामाजिक सञ्जालमा भाइरल ‘वान म्यान आर्मी’ भनेर चिन्न थालिएका कँडेलले ५५ वर्षीया आमा राममाया कँडेलको घरमै हत्या गरेका छन्।

पछिल्लो समय काठमाडौँ वस्दै आएका उनी भदौ २४ गते जेनजी आन्दोलनमा देखिएका थिए। उनले प्रहरीसँग भिड्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। ‘महिनामा एक लाखसम्म कमाउने युवा हो तर मलाई कहिलै पनि चैनको निद्रा लाग्दैन। सर मेरो आँखामा डर छ ? म बोलिराछु जान्न। ठोक्नुस् न मेरो छातीमा गोली ठोक्नुस्। मैले भनिराछु त मेरो आँखामा डर छ ? एक इन्च डर छ मेरो आँखामा ? डर छ सर ? (पटक–पटक दोहो¥याए ।) म वान म्यान आर्मी हो। भारतीय र अमेरिकी पुजीँवाद दलाल र यो देशका दलालसँग एक्लै लड्न सक्ने क्यापिसीटी छ मसँग। त्यसैले तपाँइहरू पनि बेलैमा जनताका लागि सोच्नुस्।’ उनले भनेका थिए–‘तपाईँहरुको आफ्ना आमाबुबा र देशको बारेमा सोच्नुस्। ठोक्ने भए गोली ठोक्नू। मार्ने भए मार्नू आनन्द त आउँछ। देशको बारेमा सोच्नै परेन। मेरो आत्मा भगवानले लानु हुन्छ। जिउँदो भए त देशको चिन्ता र तपाईँको आत्माले गर्दा सुत्नै सक्दैन।’

दशैं मनाउन फूलापातीको अघिल्लो दिन मात्र गाउँ फर्किएका उनी आइतबार (१९ असोज) राति करिब साढे आठ बजे घर पसेका थिए। उनी मादक पदार्थ र लागूऔषधको नसामा थिए। गाउँलेका अनुसार, उनी केही समयदेखि आक्रामक र असामान्य व्यवहार देखाउँदै आएका थिए। घरमा बुवा, आमा र भान्जाभान्जीसमेत थिए।

घटनाको आरम्भ भयावह र आश्चर्य जनक थियो। सुरुमै उनले भान्जामाथि खुकुरी प्रहार गर्न खोजे, भान्जा भागेपछि बुवामाथि प्रहारको प्रयास गरे। जब बुवा भागे तब सुतिरहेकी आमालाई आँगनतर्फ घिसार्दै उनले धारिलो हतियार प्रहार गर्न थाले। वडाध्यक्ष कुशबहादुर सिटौला र प्रत्यक्षदर्शीहरुले बताएअनुसार, तीनपटक प्रहार गर्दा पनि घाँटी नछिनेपछि चौथो प्रहारमा उनले आमाको शवको टाउको र शरीर छुट्टिने गरी विभत्स हत्या गरे।

त्यसपछि यमबहादुरले आँगनमा आमाको शव राखेर बुवालाई पनि धम्क्याए। बुवाको काँधमा खुकुरी राखेर ‘आफूले ठीक गरेको’ दाबी गर्दै घटना लुकाउने धम्की दिएका थिए। प्रत्यक्षदर्शीले भने—‘आक्रमणबाट भागेका भान्जाले गाउँमा दौडिँदै खबर पु¥याएपछि मात्र स्थानीय र प्रहरी मिलेर घटनास्थल पुगेका हुन।’

घटनास्थलमा पुगेका जनप्रतिनिधि र प्रहरी समेत त्यो दृष्य देखेर स्तब्ध भएका थिए। प्रहरी पुगेपछि पनि उनले आक्रोशित हुँदै ‘अघि बढे बुवालाई पनि म मारिदिन्छु’ भन्दै धम्क्याए। त्यसपछि प्रहरीले बल प्रयोग गरेर उनलाई नियन्त्रणमा लिनुपरेको थियो। प्रहरीले घटनास्थलमा रगतले लतपतिएको खुकुरी र अन्य प्रमाण संकलन गरेको छ। शव पोस्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको बताएको छ।

प्रहरीको सीडीआर रिपोर्ट अनुसार उनी विरुद्ध २०६९ सालमा पनि सार्वजनिक मुद्दा दर्ता भएको थियो। अनुसन्धानले उनको नाम गुण्डा नाइके दिनेश अधिकारीको ग्याङसँग जोडिएको देखाएको छ। स्थानिय तथा प्रहरी स्रोतका अनुसार, उनी लागूऔषध दुव्र्यसनमा परेका थिए र परिवारले पटक–पटक सुधारगृह पठाउने प्रयत्न गरे पनि सफल हुन सकेको थिएन।

परिवारै मिलेर सुधारगृह पठाउने षड्यन्त्रमा लागेको शंकाका आधारमा उनले आमामाथि यो अमानवीय कार्य गरेको हुन सक्ने कतिपय स्थानीयले आशंका गरेका छन्। तर, घट्नाको यथार्थ कारण सार्वजनिक भईसकेको छैन। यो घट्नाले उनको सार्वजनिक चरित्र र व्यक्तिगत चरित्रबीच भने ठुलो फरक रहेको देखाएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट