‘बर्मा आए कर्मसँगै, नेपाल गए कपालसँगै’: नेपालीले अष्ट्रेलियामा पनि राखे ‘बलात्कार’ को रेकर्ड !

काठमाडौँ– ‘बर्मा आए कर्मसँगै, नेपाल गए कपालसँगै’ भन्ने नेपाली उखान एक जना नेपालीले विदेशी भूमिमा पुगेर पनि पुष्टि गरेका छन्। पछिल्लो समय तोडफोड, आगजनी, चोरी, लुटपाट, हत्या, हिंसा, बलात्कार जस्ता घट्ना नेपालीहरुका पर्याय जस्तै भए। नेपाली जहाँ पुग्छन्, त्यहाँ कुनै न कुनै उपद्रव गर्छन। यही उपद्रव एक जना नेपालीले विदेशी भुमिमा पुगेर पनि गरेका छन्।

घट्ना अष्ट्रेलियामा नोभेम्बर २२ मा भएको हो। ३१ वर्षीय अभिषेक तिमल्सिनाले बलात्कारको अभियोग पुष्टि भएपछि ३ वर्षको जेल सजाय भोगेका छन्। क्यानबेरामा रहेको एसीटी सुप्रिम कोर्टले युवतीमाथि बलात्कार गरेको अभियोगमा उनलाई ३ वर्षको जेल सजाय सुनाएको हो।

तिमल्सिनालाई बलात्कारको दुई अभियोग र सहमति बिना चार अश्लील कार्यको दोषी ठहर गर्दै ३ वर्षको जेल सजाय सुनाएको अष्ट्रेलियाली समाचार संस्थाहरुले उल्लेख गरेका छन्। युवकले क्यानेबेरामा रहेको एक मलमा आफू काम गर्ने आर्ट पसलमा ग्राहकलाई बलात्कार गरेको अभियोगमा दुई पटक मुद्दा चलेको थियो।

यो घट्ना वेस्टफिल्ड बेलकन्ननको आर्ट पसलमा भएको थियो। सामान किन्न आएकी महिलालाई तिमल्सिनाले पसलको सटर लगाएर कामको सर्ट लगाउन लगाई फोटो खिचेका थिए भने सहमति बिनै चुम्बन गरेका थिए।

त्यसपछि उनले महिलालाई पछाडिको कोठामा लगेर दुई पटक बलात्कार र धेरै पटक अश्लील दुव्र्यवहार गरेको जनाईएको छ। महिलाले ‘असफल प्रतिरोध’ गरेको पनि समाचारमा उल्लेख छ।

यो घट्नामा एटीसी सर्वोच्चका न्यायाधीश भेरिटी म्याकविलियमले तिमल्सिनाले युवतीमाथि बलात्कार गर्ने योजनाबद्ध रूपमा वातावरण बनाएको बताएका थिए। उनले पसलको रोलर ढोका बन्द गरेको, ‘स्वतःस्फूर्त’ फोटो खिच्न सुरु गरेको र महिलालाई आफ्नो शर्ट फेर्न आग्रह गरेको उल्लेख गरेको फैसलामा उल्लेख गरेको छ।

न्यायाधीशले फैसलामा लेखेका छन्– ‘पीडित पसलमा बन्द भएका कारण उनीमाथि जोखिम बढ्यो।’ उनी १२ महिनाभन्दा बढी जेल परेमा निर्वासनको जोखिममा पर्ने जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट