झापामा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

दमक– मेची राजमार्ग अन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–३ धाइजनमा आइतबार साँझ तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन्।

प्रहरीका अनुसार चारआलीबाट बुधबारेतर्फ गइरहेका दुई मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको अर्को मोटरसाइकल एकैचोटि जुध्दा दुर्घटना भएको हो। तीव्र गति र सम्भावित असावधानीका कारण भएको ठक्करमा मोटरसाइकलहरू क्षतग्रस्त भएका छन्।

दुर्घटनामा प्र.१–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल चालक इलाम नगरपालिका–६ निवासी २५ वर्षीय भुपेन्द्र श्रेष्ठको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पु¥याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। प्र.१–०२–०४१ प ८९८७ नम्बरको मोटरसाइकल चालक सुनसरीको धरान–१५ का २७ वर्षीय मनी कुमार देवान, सोही मोटरसाइकलका पछाडि सवार इटहरी–५ का २७ वर्षीय अनिष बस्नेत, को.३१ प ९२९० नम्बरको मोटरसाइकल चालक इटहरी–५ का २९ वर्षीय नन्दबहादुर मगर र सोही मोटरसाइकलका पछाडि सवार इटहरी–१७ का २९ वर्षीय कमल मगर घाइते भएका हुन्।

उनीहरू सबैको अवस्था खतरामुक्त रहेको र विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय सडक अवरुद्ध भएको थियो भने स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा उद्धार तथा ट्राफिक व्यवस्थापन गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट