संसद बैठकमा आफ्नै कुर्षीमा ढले कांग्रेस सांसद भरत खड्का, वैठक प्रभावित

काठमाडौँ– प्रतिनिधिसभाको बिहीबारको बैठक चलिरहेका बेला कांग्रेस सांसद भरत खड्का उच्च रक्तचापका कारण आफ्नै कुर्सीमा एकाएक लडेपछि बैठक केहीबेर प्रभावित भएको छ। रास्वपाका सांसद सोम शर्मा बोलिरहेका बेला खड्का कुर्सीबाट लडेपछि कांग्रेसका सांसदहरू उनलाई उठाउन दौडिएका थिए।

खड्का लडेपछि सभामुख डोलप्रसाद अर्यालले शर्मालाई बोल्दाबोल्दै रोकेका थिए। त्यसपछि खड्कालाई संसद् भवनभित्रै रहेको स्वास्थ्य इकाइमा लगेर उपचार सुरु गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

संसद् सचिवालयका प्रवक्ता गिरीका अनुसार खड्काको रक्तचाप उच्च भएपछि उनी बैठककै क्रममा लडेका हुन्। उनको संसद् भवनभित्र रहेको स्वास्थ्य इकाइमा उपचार भइरहेको छ। घटना हुँदा प्रतिनिधिसभाको बैठक नियमित रूपमा सञ्चालन भइरहेको थियो।

रास्वपाका सांसद शर्मा बैठकमा बोलिरहेका थिए। त्यही क्रममा आफ्नो सिटमा बसिरहेका खड्का अचानक लडेपछि सांसदहरूको ध्यान उनीतर्फ गएको थियो। खड्कालाई तत्काल सहयोग गर्न कांग्रेसका सांसदहरू उठेर पुगेका थिए। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण भने सचिवालयले तत्काल सार्वजनिक गरेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट