भीमफेदीमा ५०० मिटर तल खस्यो यात्रुबाहक ईभी माइक्रोबस, उद्वारमा जुट्यो प्रहरी

हेटौँडा– मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित काठमाडौं–कुलेखानी–भीमफेदी सडकखण्डमा यात्रुबाहक ईभी माइक्रोबस दुर्घटनामा परेको छ। बिहीबार बिहान करिब ५ः४५ बजे भएको दुर्घटनामा माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको प्रारम्भिक जानकारी छ।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा पर्दा चालकसहित करिब १४ जना सवार रहेको बताइएको छ। दुर्घटनापछि यात्रुहरू घाइते भएको आशंकामा सुरक्षाकर्मीको टोली उद्वारमा परिचालन गरिएको छ।

मकवानपुरका एसपी श्यामबहादुर खत्रीको कमाण्डमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी ४८ जना सुरक्षाकर्मी उद्वार कार्यमा खटिएका छन्। दुर्घटनास्थलको भौगोलिक अवस्था र गाडी सडकबाट निकै तल खसेका कारण उद्वारमा चुनौती देखिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेको माइक्रोबसको नम्बर खुल्न सकेको छैन। गाडीमा कति यात्रु थिए र कति जना घाइते भएका छन् भन्नेबारे पनि यकिन विवरण प्राप्त भइसकेको छैन। घटनास्थलमा उद्वार कार्य जारी रहेकाले घाइतेको अवस्था, दुर्घटनाको कारण र मानवीय क्षतिबारे थप विवरण आउन बाँकी छ। प्रहरीले घटनाबारे विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट