लुक्लाबाट फर्केलगत्तै रसुवा जाँदै थियो दुर्घटनाग्रस्त हेलिकप्टर, काठमाण्डौं आउन रसुवामा थिए ५ जना

काठमाण्डौं– एयर डाइनेस्टीको हेलिकप्टर ब्यस्त कार्य तालिकाबीच नुवाकोटको सुर्यचौरमा दुर्घटनामा परेको खुलेको छ।

नुवाकोटको शिवपुरी गाउँपाकिला–७, सुर्यचौरको डाँडामा दुर्घटनाग्रस्त ९एन एजेडी हेलिकप्टर लुक्लाबाट फर्किए लगत्तै रसुवा उडेको खुलेको छ। सबै कण्डिसन राम्रै रहेकाले हेलिकप्टर १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ जना चीनियाँ पर्यटक बोकेर रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो।

कम्पनीका म्यानेजर बालकृष्ण पण्डितका अनुसार हेलिकप्टरले उताबाट ५ जना यात्रु लिएर काठमाण्डौँ फर्किने तालिका थियो। तर, हेलिकप्टर उडेको करिब तीन मिनेटमा नै दुर्घटनामा परेको जानकारी प्राप्त भएको उनले बताए।

प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो। दुर्घटनाको कारणबारे पत्ता लागेको छैन। उक्त उडान हुँदा भिजिविलिटी ५ किलोमिटर तथा सामान्य रहेको थियो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ।

दुर्घटनामा चालक अरुण मल्लसहित पाँचै जनाको शव भेटिएको छ। हेलिकप्टरमा चीनियाँ नागरिकहरु जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट