चिसाङ खोलाको बगरमा शव भेटियो, अनुशन्धान गर्दै प्रहरी
विराटनगर– मोरङमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। केराबारी गाउँपालिका–५ स्थित चिसाङ खोलाको बगरमा बिहीबार करिव ४५ वर्षीय पुरुषको शव फेला परेको हो।
सडेर दुर्गन्धित भएको अवस्थामा दिउँसो २ बजे शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलेको छैन। शवको बारेमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले मृतकको पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान भईरहेको जानकारी दिए। घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय बेलबारीले गरिरहेको छ।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल
टीओबी समूहका तेन्जिन दावा प्रहरी अनुशन्धानको केन्द्रविन्दुमा, लागुऔषधदेखि हिंसात्मक उपद्रवसम्मको तीनवटा मुद्दा

