रिसोर्टमा लडेर घाईते भएका थिए प्रचण्ड, को-को थिए साथमा ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रिसोर्टमा लडेर घाईते भएको खुलेको छ। उनको टाउकोमा तीन वटा टाँका लागेका छन्।
उच्च स्रोतकाअनुसार दाहाल छोरी–ज्वाइँ र केही नजिकका आफन्तसहित मंगलबार ललितपुरको लाकुरीभञ्याङस्थित टेरेस रिसोर्टमा रात बिताउने गरी गएका थिए। सोही क्रममा रिसोर्टमा लडेर दाहाल घाइते भएका हुन।
रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई राति करिव १२ बजे मेडिसिटी अस्पताल लगिएको थियो। टाउकोमा तीन वटा टाँका लगाएपछि उनी फर्किएका थिए।
यता, दाहालकी छोरी गंगाले बुबा बाथरुममा लडेको भन्दै फेसबुकमा स्ट्याटस लेखेकी छिन्। उनले कहाँको बाथरुम भन्नेबारे खुलाएकी छैनन्। उनले बाथरुममा लडेर चोट लागेको र तीन वटा टाँका लगाइएको लेखेकी थिइन्।
टेरेस रिसोर्ट काठमाडौं उपत्यकाको महँगोमध्ये पर्छ। त्यहाँ सामान्य कोठाको मूल्य नै ३१ हजार ७ सय २५ रूपैयाँ पर्ने उक्त रिसोर्टले वेब साइटमा उल्लेख गरेको छ।