अपरेशन सिन्दुरमा कान्दाहार अपहरणका मास्टरमाइन्ड र मुम्बई आक्रमणमा संलग्नसहित ५ आतंकी मारिएको भारतको दावी

काठमाडौँ– पाकिस्तान र पाकिस्तान प्रशासित कस्मिरमा मारिएका ५ जना आतंकवादीहरुको सूची सार्वजनिक गरेको छ।

शनिबार गुप्तचर एजेन्सीहरूलाई उद्धृत गर्दै सार्वजनिक भएको मारिएका ५ आतंककारीहरूको सूचीमा अबु जुन्दल, हाफिज मुहम्मद जमील, मोहम्मद युसुफ अजहर, मोहम्मद सलीम, घोसी साहब र मोहम्मद हसन खान छन्।

मे ७ मा भारतले गरेको ‘अपरेशन सिन्दूर’ अन्तर्गतको आक्रमणमा मारिएका युसुफ कान्दाहार अपहरणको मास्टरमाइन्ड थिए भने जुन्दल मुम्बई आक्रमणमा संलग्न भएको दावी गरिएको छ। यी पाँचै जना एकै स्थानमा मारिएका थिए वा छुट्टाछुट्टै मारिएका थिए भन्ने जानकारी सार्वजनिक गरिएको छैन।

२२ अप्रिलमा भएको पहलगाम हमलापछि भारतले पाकिस्तानका ९ वटा स्थानलाई निशाना बनाएर मिसाईल हमला गरेको थियो। भारतीय रक्षा मन्त्रालय र विदेश मन्त्रालयले पाकिस्तानी आक्रमणको जवाफमा शनिबार गरिएका कारबाहीहरूको विवरण पनि दिएको छ।

कर्नेल सोफिया कुरेशीका अनुसार भारतले ८ सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। यसमा पाकिस्तानी एयरबेस र हतियार डिपोहरू समावेश छन्। शुक्रबार साँझ पाकिस्तानले जम्मू कश्मीर, पञ्जाब, राजस्थान र गुजरातका २६ सहरहरूमा ५५० भन्दा बढी ड्रोनहरू प्रहार गरेको भारतको आरोप छ।

शनिबार बिहान पाकिस्तानले फेरि जम्मू कश्मीर, पञ्जाब, राजस्थान, हरियाणा र गुजरातमा आक्रमण गरेको थियो। जसमा राजौरीका एक प्रशासनिक अधिकारी सहित पाँच जनाको मृत्यु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट