रंगेलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर— मोरङको रंगेली नगरपालिका–८ दर्वेसा चोकमा मंगलबार दिउँसो ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक केदार न्यौपानेको मृत्यु भएको छ। मोटरसाइकलको पछाडि सवार राजन भट्टराई घाइते भएका छन्।

प्रदेश १–०२–००३ त २८५६ नम्बरको ट्याक्टरले को ३९ प ३९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। गम्भीर घाइते भएका न्यौपानेलाई रंगेली अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्।

घाइते भट्टराईलाई विराटनगरको नोबेल अस्पताल रेफर गरिएको छ। ट्याक्टर चालक जीवन ताजपुरिया फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रंगेलीले घटनाको अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट